अर्थ / बाणिज्य

भूकम्प प्रभावित क्षेत्रमा एनएमबि बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १२:५५ बजे

काठमाडाैँ – एनएमबि बैंक लिमिटेडले भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेकाे छ । ​

बैंकले भूकम्प प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने निर्णय गरेको हाे ।


कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु बनाएर कार्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ ।


Author

थप समाचार
x