अर्थ / बाणिज्य

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १४:११ बजे

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बालगोपाल वैद्य नियुक्त भएका छन् । 

बिहीबार सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले समितिका सदस्य वैद्यलाई साेही समितिको अध्यक्ष नियुक्त गरेको हो । उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । 


विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा.वैद्य लामो समयदेखि अर्थ विज्ञका रूपमा समेत परिचित छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । 

साथै, वैद्य बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत थिए । 

 


Author

थप समाचार
x