अर्थ / बाणिज्य

नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा 'आइएमई पे'

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १४:४२ बजे

काठमाडाैँ– नेपालको डिजिटल वालेट 'आइएमई पे' र नेपाल स्पोर्टस् एण्ड इभेन्टस् (एनएसइएम) बीच रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत नोभेम्बर २४ देखि हुने बहुप्रतिक्षित 'नेपाल सुपर लिग २०२३' को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा 'आइएमई पे' रहने भएको छ ।


नेपाल सुपर लिग (एनएसएल) नेपालको प्रमुख खेलहरू मध्ये एक हो, जसमा बहुसंख्यक खेल प्रेमिहरूको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा 'आइएमई पे'को आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झट मुक्त बनाउने 'आइएमई पे'को विश्वास छ ।

यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको 'आइएमइ पे'का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

'आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताए।  


Author

थप समाचार
x