अर्थ / बाणिज्य

उदयपुर​मा ट्र्याक्टर ढुवानी व्यवसायी आन्दोलित

इकागज |
पुस ८, २०८० आइतबार १९:१३ बजे

उदयपुर- उदयपुर सदरमुकाम गाईघाटमा त्रियुगा ट्र्याक्टर ढुवानी व्यवसायी आन्दोलित भएका छन् । त्रियुगा नगरपालिकाले गरेको ढुङ्गा, गिट्टी, बालुवाको गुणस्तरहीन र अव्यावहारिक घाट गद्दीको विरोधमा उनीहरू आन्दोलित भएका हुन् ।

त्रियुगा नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा बिक्रीवितरणका लागि पटक पटक ठेक्का आव्हान गर्दा समेत ठेक्का नलागेपछि एकद्वार प्रणाली मार्फत एकै ठाउँमा घाट गद्दी गरी निकासी गर्ने निर्णय गरेपछि त्रियुगा ट्र्याक्टर ढुवानी व्यवसायी आन्दोलित भएका हुन् ।


जिल्लाको सदरमुकाम समेत रहेको गाईघाटमा रहेका सम्पूर्ण ट्र्याक्टर ढुवानी व्यवसायी आन्दोलित भएपछि सदरमुकाम गाईघाटमा निर्माण कार्य समेत ठप्प भएको छ । उनीहरूले त्रियुगा नगरपालिकाले आगामी वर्षहरूमा भाद्र महिनाभित्रै खोला ठेक्का लगाउने विषयलाई प्राथमिकतामा राखि आवश्यक प्रकृया अगाडि बढाउनु पर्ने,  ढुङ्गा, गिट्ट, बालुवाको गुणस्तरहीन र अव्यावहारिक घाटगद्दी गर्ने गरिएको निर्णय फिर्ता लिनुपर्ने लगायतका माग अघि सारेका छन् ।

नगरले एकै ठाउँमा नदीजन्य पदार्थ घाटगद्दी गरेर सर्वसाधारणलाई समेत खोला पस्न निषेध गरेपछि व्यवसायी आन्दोलित भएका हुन । यद्धपी नगरपालिकाले भने एकै ठाउँमा घाट गद्दी गरी अमानतमा ढुङ्गा, गिट्टी, बालुवाको वितरण गर्दा नगरपालिकालाई सहज हुने देखिएकोले यस्तो निर्णय गरेको जनाएको छ।

नगरले नदीजन्य पदार्थको उत्खनन तथा बिक्रीवितरणमा गरेको गलत निर्णय नसच्याए ढुङ्गा, गिट्टी, बालुवासंग आश्रित श्रमजीवीहरू समेत आन्दोलित हुने उनीहरूले बताएका छन् ।

 


Author

थप समाचार
x