अर्थ / बाणिज्य

३००० अंक नजिक पुग्यो सेयर बजार

३६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, कारोबार करिब १७ अर्ब

इकागज |
जेठ २५, २०७८ मंगलबार १५:२६ बजे

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३००० अंक नजिक पुगेको छ । नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ बिन्दुमा पुगेको हो ।

होटल, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक र वित्त समूहमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । विकास बैंक ९.०४ प्रतिशतले बढेको छ । वित्त समूहको परिसूचक ८.७१ प्रतिशतले बढेको छ । 


बैंकिङ समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ । सात कम्पनीको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री फाइनान्सको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । सर्किट ब्रेकर लागेका कम्पनीसँगै ३६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

एक लाख ४९ हजार पटकको कारोबारमा तीन करोड ५७ लाख कित्ता सेयर किनबेच भएको छ । एक अर्ब ६ करोड रुपैयाँ बराबर नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कुल १६ अर्ब ९५ करोड रुपैयाँ सेयर कारोबार भएको छ । 


Author

थप समाचार
x