अर्थ / बाणिज्य

युरो १४५, पाउण्ड स्टर्लिङ १७०

इकागज |
फागुन २६, २०८० शनिबार ७:४१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५  रुपैयाँ १६ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा र बिक्रीदर ९ रूपैयाँ ३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १८ रूपैयाँ ४६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ३० पैसा रहेको छ ।


Author

थप समाचार
x