अर्थ / बाणिज्य

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

इकागज |
चैत १३, २०८० मंगलबार १०:५२ बजे

फाइल तस्बिर/इकागज

काठमाडौँ - सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रूपैयाँले घटेको हो । 

आज छापावाल सुन तोलाको एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख २५ हजार ८०० मा कारोबार भएको छ । 


सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको १ हजार ५०५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ५१५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x