अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमयदर ?

इकागज |
चैत २३, २०८० शुक्रबार ७:२१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५  रुपैयाँ ३२ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ६ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८ रूपैयाँ ८२ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८ रूपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ १० पैसा रहेको छ ।


Author

थप समाचार
x