अर्थ / बाणिज्य

सुन तोलाको एक लाख ३५ हजार माथि

इकागज |
चैत २५, २०८० आइतबार ११:५७ बजे

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य तोलामा दुई हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ ।

तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलाको एक लाख ३२ हजार ७०० मा र तेजावी सुन तोलाको एक लाख ३२ हजार ५ मा कारोबार भएको थियो ।


 आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ६७० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ६१५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x