अर्थ / बाणिज्य

सुनको मूल्यमा नयाँ रेकर्ड

इकागज |
चैत २७, २०८० मंगलबार ११:८ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको थियो । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


तेजाबी सुन आज प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६८५ रुपैयाँ कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


Author

थप समाचार
x