अर्थ / बाणिज्य

सुन तोलामा २४ सयले बढ्यो

इकागज |
चैत ३०, २०८० शुक्रबार १३:२८ बजे

सांकेतिक तस्बिर

काठमाडौँ - सुनको मूल्य तोलामा दुई हजार ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०८० सालको अन्तिम दिन छापावाल सुन १ लाख ३९ हजार मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको १ लाख ३८ हजार ३५० मा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ६०० र तेजावी सुन तोलामा १ लाख ३५ हजार ९५० मा कारोबार भएको थियो ।


यता, चाँदीको मूल्य पनि तोलामा ५० रूपैयाँले बढेको छ । आज चाँदी १ हजार ७५० मा कारोबार भइरहेको छ । बिहीबार १ हजार ७०० मा कारोबार भएको थियो । 


Author

थप समाचार
x