अर्थ / बाणिज्य

लुम्बिनीको बजेट : ४० अर्ब ९५ करोड (पुर्णपाठ)

चालु आर्थिक वर्षभन्दा साढे ४ अर्बले वृद्वि

बिक्रम खड्का |
असार १, २०७८ मंगलबार १८:२२ बजे

बुटवल : लुम्बिनी सरकारले आगामी आर्थिक वर्षको लागि ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन गरेको छ। चालूतर्फ १४ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ २१ अर्ब १७ करोड बजेट प्रस्तुत गरिएको हो । स्थानीय तहलाई वित्तीय हस्तान्तरणको लागि ४ अर्ब ८४ करोड बजेट विनियोजन गरिएको छ।

चालू आर्थिक वर्षका लागि  लुम्बिनी प्रदेशले ३६ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको थियो । जसमा चालूतर्फ १२ अर्ब ५९ करोड र पुँजीगततर्फ १८ अर्ब ५९ करोड बजेट ल्याएको थियो। यसवर्ष बजेटको आकार ४ अर्व भन्दा वढिले बृद्वि भएको छ । लुम्बिनी प्रदेशले स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ।


प्रदेशले अस्पतालहरूको स्तरोन्‍नति, हजार बढी कृषि प्राविधिक र विद्युतीय बस सञ्चालन कार्यक्रमसहित बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गदै पूर्वाधारका नयाँ कार्यक्रमभन्दा निर्माणाधीन आयोजनालाई निरन्तरता दिएको बताए । लुम्बिनी सरकारले प्रदेशका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने बजेट विनियोजन गरिएको छ।

हाल ५० शय्यामा विस्तार भएका हस्पिटलमा विशेषज्ञ सेवा उपलब्ध गराइने बजेटमा उल्लेख छ। गत बजेटमा सबै जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्न बजेट व्यवस्था गरेको थियो । बाँके र कपिलवस्तुका आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने भनिएकोमा त्यसलाई निरन्तरता दिँदै १ करोड बजेट विनियोजन गरिएको छ। दाङको लमहीमा निर्माणाधीन ट्रमा सेन्टरको लागि बजेट विनियोजन गरिएको छ।

लुम्बिनी प्रदेशले कोरोना उपचारमा संलग्‍न कर्मचारीलाई तलब स्केलको ५० प्रतिशत भत्ता दिने भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले लुम्बिनी प्रदेशले ४ वटा अस्पताललाई कोभिड उपचार विशेष अस्पतालको रुपमा विकास गरिएको जनाएका छन् । कृषि क्षेत्रको आमूल परिवर्तनको लागि १ सय ९ स्थानीय तहमै कृषि अधिकृत र ९ सय ८३ वडामा कृषि प्राविधिक राखिने बताइएको छ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x