अर्थ / बाणिज्य

सरकारले थप्यो कर तिर्ने म्याद

इकागज |
असार २, २०७८ बुधबार १७:२ बजे

काठमाडौँ : सरकारले कर तिर्ने म्याद थप गरेको छ । अर्थ मन्त्रालयले कर तिर्ने म्याद असार २५ सम्म थपेको हो । कोभिड-१९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्‍न जिल्लामा निषेधाज्ञा लगाएको छ । समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाइ भएपछि मन्त्रालयले म्याद थपेको हो । 

मूल्य अभिवृद्धि करको २०७७ चैतको र २०७८ बैशाख महिनाको मासिक तथा गत वर्ष चैत र २०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ सम्म थपिएको छ ।

गत वर्ष चैत र २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने अग्रीम करकट्टी भएको आयकर असार २५ सम्म तिर्न सकिने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद असार २५ सम्म कायम भएको छ । 



Author

थप समाचार
x