अर्थ / बाणिज्य

नयाँ उचाइमा नेप्से, नौ कम्पनीको सेयर मूल्यमा सर्किट

इकागज |
साउन १०, २०७८ आइतबार १६:१३ बजे

काठमाडौँ : सेयर बजार मापक नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुगेको छ । करिब डेढ महिनायताकै उच्च बिन्दुमा नेप्से पुगेको हो । नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा पुगेको छ । होटल एन्ड टुरिजम् र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक बलिया छन् ।

नेप्सेमा उच्च प्रभाव राख्ने बैंकिङ समूहको परिसूचक तीन दशमलव ४३ प्रतिशतको उच्च दरमा वृद्धि भएको छ । त्यस्तै जलविद्युत्‌ र माइक्रोफाइनान्स समूहका कम्पनीहरूको सेयर मूल्य उच्च दरले बढेको छ । 

कारोबारमा आएकामध्ये नौ कम्पनीका सेयर मूल्यमा उच्च वृद्धि भएर सर्किट ब्रेकर नै लाग्यो । सपोर्ट माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, विशाल बजार कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर र ङादी ग्रुप पावरको सेयर मूल्यमा उच्च वृद्धि भएको हो । त्यस्तै कालिका पावर कम्पनी र राधी विद्युत्‌ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । 

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य दुई सय ५७ रुपैयाँले बढेर दुई हजार आठ सय २७ रुपैयाँ कायम भएको छ । जोशी हाइड्रोपावरको सेयर मूल्य ३१.३० रुपैयाँले वृद्धि भएर तीन सय ४४ रुपैयाँ प्रति कित्ता कायम भएको छ । युनिभर्सल पावर कम्पनीको मूल्य ३२.७० रुपैयाँले बढेको छ ।

विशाल बजार कम्पनीको सेयर भाउ ६ सय १० रुपैयाँले बढेको छ । हिमालय ऊर्जा विकास कम्पनीको सेयर ३९.३० रुपैयाँले वृद्धि भएर चार सय ३२ रुपैयाँ पुगेको छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ३१.४० रुपैयाँले बढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ६९.४० रुपैयाँले बढेको छ ।

नेपाल बैंक र ग्लोबल आइएमई बैंकको सेयर कारोबार उच्च छ । १४ अर्ब २३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । 



Author

थप समाचार
x