अमेरिकी राजदुतले अर्थमन्त्रीलाई भेटेर भने, ‘खोप दियौँ, आवश्यक सहयोग गर्नेछौँ’

काठमाडौँ : नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटमा बेरीले आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप दिएको बताउँदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
उनले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
भेटको क्रममा राजदुत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया