अर्थ / बाणिज्य

सर्वोत्तम स्टिल उद्योगमा आगलागी, ११ जना मजदुर घाइते

इकागज |
भदौ १०, २०७८ बिहीबार १६:४२ बजे

फाइल तस्बिर

वीरगञ्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा रहेको सर्वोत्तम स्टिल उद्योगमा बिहीबार दिउँसो आगलागि भएको छ । फलाम पगाल्ने भट्टी विस्फोट भएर आगलागी हुँदा  ११ जना मजदुर घाइते भएका छन् । ७ जनाको अवस्था गम्भीर रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । 

घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । वीरगन्ज महानगरपालिकाकाे २ वटा दमकलको सहयोगमा उद्योगमा लागेको आगो  निभाइएको हो ।उद्योगमा पुगेर घटना र क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।  क्षतिको विस्तृत विवरण आउन अझ बाँकी छ । 



Author

थप समाचार
x