अर्थ / बाणिज्य

गोर्खाज फाइनान्सको साधारणसभा रोक्न सिडिओको आदेश

इकागज |
भदौ १६, २०७८ बुधबार १०:२६ बजे

काठमाडौँ - गोर्खाज फाइनान्स कम्पनीको साधारणसभा स्थगन गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ ।  संस्थाका संस्थापक सदस्यहरुले निवेदन दिएपछि कार्यालयले यस्तो आदेश दिएको हो । 

निषेधाज्ञाको अवज्ञा गर्दै आयोजना गरिएको साधारणसभा 'स्थगित गरी पाऊँ' भन्दै निवेदन दिएका थिए । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि मन्त्रिपरिषद्‍को निर्णयः बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेशले काठमाडौं जिल्लाभर सबै प्रकारका सभा सम्मेलन गर्न गराउन तथा २५ जना व्यक्ति भन्दा बढि एकैसाथ एक ठाउँमा भेला जम्मा हुन निषेध गरिएको उल्लेख छ । यो साधारण सभा अर्को निर्देशन नभएसम्मका लागि हाललाई स्थगित गरेको कार्यालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् :
गोर्खाज फाइनान्सको साधारणसभा विवादमा



Author

थप समाचार
x