अर्थ / बाणिज्य

विवादित मद्रास सेक्यूरिटीको ठेक्का अघि नबढाउन अन्तरिम आदेश

इकागज |
भदौ २३, २०७८ बुधबार १८:३ बजे

काठमाडौँ - सर्वोच्च अदालतले मद्रास सेक्यूरिटी प्रिन्टर्सलाई दिएको अन्त:शुल्क स्टिकर छपाइसम्बन्धी ठेक्का तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । आन्तरिक राजस्व विभागलाई यो ठक्का तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । स्वदेशी कम्पनी मिराज प्रिन्टिङ सोलुसन्सले दायर गरेको यो रिटका लागि बुधबार पेशी तोकिएको थियो । 


रिटको अन्तिम टुंगो नलाग्दै मद्रासलाई दिएको आसय पत्र कार्यान्वयन गर्ने सम्भावना भएकाले ठेक्का सम्झौता नगर्न/नगराउन अन्तरिम आदेश माग गरिएको थियो । सोही मागबमोजिम अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । भारतीय कम्पनी मद्रासलाई विभागले आशयपत्र दिँदा सबैभन्दा कम मुल्य बोलकबोल गरेको आधारमा दिएको थियो । बोलपत्रको मुल्यांकन गर्दा सारभूत रूपमा प्रभावग्राही छ वा छैन भन्ने प्रश्नको निरुपण गर्नुपर्ने निवेदकको तर्क छ ।
 

यो पनि पढ्नुहोस् :

मद्रासलाई दिइएको अन्त:शुल्क स्टीकरको ठेक्का रोक्न सर्वोच्चमा रिट 

अन्तःशुल्क स्टीकर छाप्‍ने इजाजत नै नभएको मद्रासलाई ठेक्का

मद्रासलाई एक अर्ब २७ करोडको ठेक्का, सर्वोच्चको आदेश विभागले टेरेन


Author

थप समाचार
x