अर्थ / बाणिज्य

अर्थमन्त्री र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

इकागज |
भदौ २६, २०७८ शनिबार १४:५५ बजे

काठमाडौँ - नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा जेड सुमार र सहअध्यक्ष जोनाथन ब्रुक्सले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेका छन् । 

मन्त्री शर्मालाई भेट्न उनीहरू पौने १२ बजे मन्त्रालय पुगेका थिए । उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेसी र एमसीसीका पदाधिकारीसहित ७ जना उपस्थित थिए । 


मन्त्री शर्माले एमसीसीसँगको सम्झौताका अस्पष्ट बुँदामा स्पष्टता माग्दै पत्र पठाएका थिए । एमसीसीले त्यसको जवाफ पठाएसँगै बिहीबार उपाध्यक्ष फतिमा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको हो । 

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली, सत्ता गठबन्धनका नेताहरू क्रमशः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधिमण्डलसहित भेटेकी छिन् । 

उनले अमेरिकाले नेपाललाई विशुद्ध आर्थिक वृद्धिमा सहयोग गर्ने परियोजनाहरूमा ५० करोड अमेरिकी डलर अनुदान दिन लागेको भन्दै यस सम्झौतालाई अतिरञ्जना गरेर थप विवाद नगर्न आग्रह गरेकी छिन् । 
 


Author

थप समाचार
x