अर्थ / बाणिज्य

उपाध्यक्ष सुमारले भनिन् :  एमसिसी पास गर्न ढिला भइसक्यो, दलहरूबीच एकता हुने विश्‍वास छ

इकागज |
भदौ २७, २०७८ आइतबार १८:२० बजे

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले परियोजना प्रतिनिधि सभाबाट अनुमोदन हुन ढिला भइसकेको बताएकी छन् ।  सुमारले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘दुई वर्षअघि नै संसदबाट अनुमोदन भइसक्नुपर्ने अझै भएको छैन । धेरै ढिला भइसक्यो’ उनले भनिन् । उनले राजनीतिक दलबीच चाँडै नै सहमति हुनेमा पनि विश्वास व्यक्त गरिन् ।

सुमारले कोभिडका कारण थलिएको नेपालको अर्थतन्त्र सुधारका लागि एमसिसीले महत्वपूर्ण योगदान दिने पनि बताइन् । नेपालले एमसिसी जति छिटो पास गर्छ उति नै छिटो अर्थतन्त्रमा फाइदा पुग्ने पनि उनको भनाइ छ  । 'हामीले नेपालले पठाएको पत्रको जवाफ पनि दिइसकेका छौँ,'  उनले भनिन्, ' म आफैँले पनि सबैलाई भेटेर कुरा गरेँ । सबै बैठकबाट म आशावादी बनेर वासिङ्टन फर्किँदै छु।’


एमसीसी परियोजना नेपालले स्वीकार्ने या नस्वीकार्ने भन्ने विषयमा चर्काे बहस भइरहेको छ । अर्काेतर्फ एमसीसीको विरोधमा प्रदर्शन पनि भइरहेका छन् । यसैबीचमा काठमाडौँ आएकी फातिमा र उनको समूहले प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गरेको थियो ।    

 


Author

थप समाचार
x