अर्थ / बाणिज्य

सेयर बजार निरन्तर ओरालो, ७६ अंकले धस्सियाे नेप्से परिसूचक

इकागज |
भदौ ३१, २०७८ बिहीबार १५:१३ बजे

काठमाडौँ - सेयर बजारमा ओरालो लाग्‍ने क्रमले बिहीबार निरन्तरता पाएको छ । नेप्से परिसूचक ७६.६५ अंकले खस्किएको छ । २.६५ प्रतिशतले घटेर नेप्से २८१२.३८ बिन्दुमा पुगेको हो ।

जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूह २ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । ट्रेडिङ, होटल एन्ड टुरिजम्‌, माइक्रोफाइनान्स र विकास बैंक समूहमा ३ प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।


बजार घटे पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । एक लाख १३ हजार आठ सय ७ पटकको कारोबारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय ८ कित्ता सेयर ९ अर्ब तीन कराेड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार सबैभन्दा बढी छ । 


Author

थप समाचार
x