अर्थ / बाणिज्य

युट्युबमा थपियाे भाषा अनुवाद फिचर

इकागज |
असोज २४, २०७८ आइतबार १७:३९ बजे

काठमाडौँ - सामाजिक सञ्‍जाल युट्युबले अन्य भाषामा लेखिएका कमेन्टहरू पढ्नका लागि भाषा अनुवाद गर्न सकिने फिचर ल्याएको छ । युट्युबमा लेखिएका कतिपय कुरा अन्य भाषामा लेखिएका कारण बुझ्‍न समस्या भएपछि त्‍यसकाे सहजताका लागि याे फिचर ल्‍याइएकाे हाे ।

 अन्य भाषामा लेखिएका कमेन्टहरू पढ्नलाई अपठ्यारो भएको प्रयोगकर्ताको गुनासो पछि युट्युबले यसको सम्बोधन गर्दै अब भने कमेन्ट अनुवाद गर्ने सुविधा थप गरेकाे हाे । युट्युबले ट्वीटरमार्फत दिएको जानकारीअनुसार अब युट्युब प्रयोगकर्ताले युट्युबमा आएका कमेन्टहरु आफूले चाहेको भाषामा अनुवाद गरेर पढ्न सक्नेछन् ।


युट्युब प्रयोगकर्ताहरुले नजानेको भाषामा युट्युबमा गरिएका कमेन्टहरुलाई आफ्नो भाषामा अनुवाद गरेर पढ्न सक्नेछन् । जसले युट्युब प्रयाेगकर्तालाई थप जिम्‍मेवार बनाउने अपेक्षा गरिएकाे छ ।


Author

थप समाचार
x