अर्थ / बाणिज्य

राष्ट्र बैंकको निर्देशनको प्रभाव बजारमा, ६० अंकको रिकभरी

इकागज |
कात्तिक ३, २०७८ बुधबार १५:२७ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा कडाइ गर्दै निर्देशन जारी गरेपछि त्यसको क्षणिक प्रभाव सेयर बजारमा देखिएको छ । बैंकहरूले निक्षेपमा उच्च दरमा ब्याज दिने घोषणा गरेपछि सेयर बजार क्रमश: ओरालो लागिरहेको थियो ।

बैंकमा पैसा राखेर उच्च  व्याज पाइने भएपछि 'भोलाटायल' बजार मानिने सेयर बजारबाट लगानीकर्ताहरू बाहिरिने क्रम बढ्दा ओरालो लागेको थियो । तर केन्द्रीय बैंकले अघिल्लो महिनाको ब्याजदरमा दश प्रतिशत मात्रै परिवर्तन गर्नुपर्ने भन्दै बैंकहरूलाई निर्देशन जारी गरेपछि बजार ओरालो लागेको हो । 


सरकार र केन्द्रीय बैंकको नीतिमा परिवर्तन आउने संकेतकै भरमा पनि सेयर बजार तलमाथि हुने गरेको छ । नियामक पदाधिकारीहरूको भाषणबाट समेत प्रभावित हुने यस्तो बजारमा बैंकले निर्धारण गर्ने ब्याजदरले ठूलो प्रभाव राख्ने गरेको छ । 

मंगलबार ७७ अंकले खस्किएको सेयर बजार मापक नेप्से परिसूचक ६०.५६ अंकले रिकभर भएको छ । २.४१ प्रतिशतले बढेर नेप्से परिसूचक २५७१.६६ बिन्दुमा पुगेको हो । फाइनान्स समूहको परिसूचक ५.८१ प्रतिशतले बढेको छ । ट्रेडिङ, होटल एन्ड टुरिजम्‌, विकास बैंक र अन्य समूहका परिसूचक ३ प्रतिशतभन्दा बढी दरले बढेको छ । जलविद्युत्‌ समूहको परिसूचक ४.३१ प्रतिशतले बढेको छ । 

मैलुङ खोला जलविद्युत्‌, आँखु खोला जलविद्यु्त्‌, युनिभर्सल पावर कम्पनी, सिइडिबी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । दुई अर्ब ६७ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ३४ हजार ६ सय ४४ पटकको किनबेचमा ६१ लाख एक हजार चार सय १४ कित्ता सेयर कारोबार भएको छ । 


Author

थप समाचार
x