अर्थ / बाणिज्य

सेयर बजारमा ७९.७९ अंकको गिरावट

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १५:२२ बजे

काठमाडौँ– तिहारपछिको पहिलो कारोबारमा गिरावट आएको सेयर बजारमा मंगलबार पुन: गिरावट आएको छ । आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७९ अंकले घटेर २,७४९.८६ बिन्दूमा झरेको छ ।

नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि १६.०२ अंक अर्थात् ३.०३ प्रतिशतले घटेको छ । मंगलबार २ सय २५ कम्पनीका सेयर १ लाख ६ सय ६६ पटक करोबार भएको छ ।


१ करोड १९ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । आज सबै उपसमूह घटेर राता भएका छन् । सबैभन्दा धेरै नन् लाइफइन्स्योरेन्स उपसमूह ४ सय ६४.४९ अंकले घटेको छ ।

मानुषी लघुवित्त, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


Author

थप समाचार
x