अर्थ / बाणिज्य

अब युट्युबमा डिस्लाइक संख्या हेर्न नमिल्ने

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १७:३७ बजे

काठमाडौँ- प्रयोगकर्ताको व्यापक गुनासो पश्चात युट्युबले अब डिसलाइक संख्या हेर्न नमिल्ने बनाउने भएको छ । अब युट्युवले भिडिओमा हुने गरेको डिसलाइक संख्यालाई लुकाउने भएको हो । मन नपरेको भिडियोलाई डिसलाइक गर्ने र यसले गर्दा क्रियटरलाई नकारात्मक असर गरेको भन्दै ‘डिसलाइक अट्याक’ ह्यारेसमेन्ट रोक्ने उद्देश्यले युट्युबले यो कदम चालेको जनाएको छ । अब डिसलाइक बटन देखिएतापनि कति संख्यामा डिसलाइक भएको छ भने अरूले हेर्न नमिल्ने भएको छ ।

युट्युबले एक सर्वेक्षण गरेको थियो जसमा केही प्रयोगकर्ताले लाइक र डिसलाइकको संख्या हेर्ने गरेको र यसको संख्या हेरेर भिडियोलाई लाइक तथा डिसलाइक गर्ने गरेको देखिएको जनाएको छ ।


एक ब्लग लेख्दै युट्युवले भिडिओलाई मन नपराउनेको संख्या देखिँदा कन्टेन्ट क्रिएटर एवं भिडिओसँग सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठा, सुरक्षा लगायतका कुरामा प्रभाव परेको भन्दै यस कदम चालेको जनाएको छ ।

डिसलाइक बढी देखिदा कन्टेन्ट क्रियटरको मानसिक स्वास्थ्यमा अधिक प्रभाव पर्ने गरेको हालैको युट्युवको सर्वेक्षणले समेत देखाएको छ ।

युट्युबमा डिसलाइक बटन भने नहटाउने र भिडिओ मन नपरेको जनाउन भने सकिने छ । भिडियोमा आएको डिसलाइक संख्या भने क्रियटरले हेर्न सक्नेछन् । 


Author

थप समाचार
x