अर्थ / बाणिज्य

आइतबार पनि घट्यो सेयर बजार

इकागज |
कात्तिक २८, २०७८ आइतबार १५:३९ बजे

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक १.३८ अंक ले घटेको छ । आज नेप्से २६८८.९२ अंकमा झरेको छ । गत साताबाट घट्न थालेको नेप्से परिसुचक आज पहिलो दिनको कारोबारमा पनि रोकिएन । आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०५ प्रतिशतले घटेको हो ।

नेप्सेमा कारोबार भएकामध्ये १०३ कम्पनीकाे सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको सेयर मूल्य घटेकाे छ । 


आज २०३ कम्पनीका ४ अर्ब ९ करोड रुपैयाँ मूल्यका ७४ लाख ३४ हजार ५ सय ३७ कित्ता सेयर  सेयर ६१ हजार ४ सय ५ पटकमा किनबेच भएको छ। आइतबार बोटलर्स नेपालको सेयरमा सर्किट ब्रेकर लागेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ३ लाख ८७ हजार ५ सय १४ कित्ता सेयर २७ करोड ३९ लाख रुपैयाँ मूल्यमा किनबेच भएको छ । 

मिति

  नेप्से परिसूचक

 कारोबार रकम

 कात्तिक ७, आइतबार

 २,५८४.५२

 २ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक ८, सोमबार

 २,६७२.२५

 ४ अर्ब ३० करोड रुपैयाँ

 कात्तिक ९, मंगलबार

 २७५१.०२

 ६ अर्ब ३१ करोड रुपैयाँ

 कात्तिक १०, बुधबार

 २७६९.१३ 

 ६ अर्ब ६१ करोड रुपैयाँ

 कात्तिक ११, बिहीबार

 २७८२.१६

 ५ अर्ब ३९ करोड रुपैयाँ

 कात्तिक १४, आइतबार

 २८३७.६१

 ७ अर्ब ८२ करोड रुपैयाँ

 कात्तिक १५, सोमबार

 २८१९.८६ 

 ७ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक १६, मंगलबार

 २८४३.६२

 ६ अर्ब ७ करोड रुपैयाँ

 कात्तिक १७, बुधबार

 २८४८.८४

 ६ अर्ब ५५ करोड रुपैयाँ

 कात्तिक २२, सोमबार

 २,८२९.६४

 ४ अर्ब ४२ करोड रुपैयाँ 

 कात्तिक २३, मंगलबार

 २,७४९.८६ 

 ६ अर्ब ५२ करोड रुपैयाँ

 कात्तिक २५, बुधबार

 २,६९०.२९ 

 ५ अर्ब ११ करोड रुपैयाँ

 कात्तिक २८, आइतबार

 २६८८.९२

 ४ अर्ब ९ करोड रुपैयाँ

 


Author

थप समाचार
x