अर्थ / बाणिज्य

यस्तो थियो युट्युबमा अपलोड भएको पहिलो भिडियो

इकागज |
पुस १७, २०७८ शनिबार १३:३३ बजे

काठमाडौँ - विश्व चर्चित भिडियो प्लेटफर्म युट्युब १७ वर्ष पुरानो हुँदै गर्दा यसमा प्रयोग भएको पहिलो भिडियो कुन थियो भन्ने धेरैले चासो हुनसक्छ । हाल दैनिक लाखौं भिडियो अपलोड हुने यस माध्यममा पहिलो अपलोड कुन थियो त त्यसको बारेमा जानकारी लिऔं ।

सन २००५ देखि औपचारिक रूपमा सार्वजनिक भएको युट्युबमा हाल यसमा युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् । युट्युबमा पहिलोपटक अपलोड भएको भिडियो 'मि एट जु' शीर्षक रहेको भिडियो थियो ।


हाल झन्डै २२ करोड पटक हेरिएको यस भिडियोलाई युट्युबमा संस्थापक जाभेद करीमले २३ अप्रिल २००५ अपलोड गरेका थिए । १८ सेकेन्डको यो भिडियोमा जावेदले अमेरिकाको सानडिएगो सहरमा रहेको एक चिडियाखानामा हात्तीहरुको अगाडि उभिएर हात्तीका बारेमा कुराकानी गरिरहेका छन् । युट्युबको सुरुवात चेड हर्ले, स्टिभ चेन र जाभेद करीमले गरेका थिए । सन् २००६ को नोभेम्बरमा गुगलले १ अर्ब ६५ करोड डलरमा युट्युब खरीद गरेको थियो ।

हेर्नुहोस् युट्युबमा अपलोड भएकव पहिलो भिडियो


Author

थप समाचार
x