अर्थ / बाणिज्य

१० अंकले घट्यो सेयर बजार

इकागज |
माघ ४, २०७८ मंगलबार १५:२९ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) मंगलबारको कारोबारमा १० अंकले घटेको छ। आइतबार र सोमबार उकालोलागेको परिसूचक मंगलबार भने सामान्य अंकले घटेको हो । आज नेप्से १०.७८ अंकले घट्दा समग्र बजार परिसूचक भने २९३६.६६ बिन्दूमा पुगेको छ ।

आज सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ०.३७ प्रतिशत घटेको छ भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.२० प्रतिशतले बढेको छ ।


बजार घटेपनि सोमबारको तुलनामा आज कारोबार रकम भने बढेको छ । नेप्सेमा २२४ कम्पनीको ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रूपैयाँ बराबरको १ करोड ६० लाख ४ हजार ५ सय ३० कित्ता सेयर १ लाख १५ हजार ९ सय ५८ पटक खरिद बिक्री भएको छ ।

घट्दो बजारमा पनि आज कारोबार भएका कम्पनीहरूमध्ये ४५ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ४१ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बजार घट्दा पनि सामलिङ पावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत, बुद्धभूमि नेपाल हाइड्रो पावर, प्रभु बैंक लिमिटेड, बरुण हाइड्रो पावरको सेयर आज सर्वाधिक कमाउने पाँच कम्पनीमा परेका छन । 

आजको कारोबारमा समूहगत परिसूचक तर्फ लगानीमा २.३८ प्रतिशत, मेनिफ्याचर एण्ड प्रोडक्सन २.३९ प्रतिशत, व्यापार २.३६ प्रतिशत, विकाश बैंक २.४७ प्रतिशत, हाइड्रो पावर १.०३ प्रतिशत, जीबन बीमा १.१९ प्रतिशत, माइक्रो फाइनान्स १.५७ प्रतिशत, फाइनान्स २.६१ प्रतिशत, निर्जीवन बीमा १.३३ प्रतिशतले घटेका छन । भने होटल तथा पर्यटन १.२९ प्रतिशत बैंकिङ १.१८ प्रतिशत, म्युचल फण्ड १.२१ र अन्य १.३२ ले बढेको छ ।

आज गुमाउने पाँच कम्पनीमा मानुषी लघुवित्त, कर्पोरेट डेभलोमेन्ट बैंक, गुणविल फाइनान्स डिबेन्चर, पन्च कन्या माई हाइड्रो पावर र खानीखोला हाइड्रो पावर रहेका छन ।


Author

थप समाचार
x