अर्थ / बाणिज्य

एन्ड्रोइडलाई टक्कर दिन सस्तो आइफोन आउँदै

इकागज |
माघ २२, २०७८ १८:१७ बजे

काठमाडौँ -  एप्पलले एन्ड्रोइडसँग प्रतिस्पर्धाका लागि सस्तो मूल्यको आइफोन ल्याउने तयारी गरेको छ। एप्पलले हाल भएका भन्दा सस्तो फाइभजी आईफोन ल्याउने तयारी गरेको हो।

ब्लूमवर्गले उल्लेख गरेको समाचारअनुसार एप्पलले नयाँ आईफोनका साथै अपडेट गरिएको आईप्याड पनि सार्वजनिक गर्नेछ।आईफोनको नयाँ योजनासँग जानकारहरुका अनुसार नयाँ आईफोन दुई वर्षअघिको आईफोन एसई मोडलको अपडेट भर्सनको रुपमा आउन लागेको हो।
यसमा  फाइभजीका साथै गुणस्तरीय क्यामेरा र तीव्र गतिको प्रोसेसर रहनेछ। 


ब्लूमवर्गले उल्लेख गरेको समाचारअनुसार अझै कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गर्नको लागि एक महिनाभन्दा बढी समय लाग्ने जनाइएको छ । लामो समय बाँकी रहेको कम्पनीको योजनामा परिवर्तन हुन सक्ने समाचारमा बताइएको छ। यसअघि पनि एप्पलले सस्तो आइफोन सार्वजनिक गर्ने समाचारहरू आउने गरेका थिए।



Author

थप समाचार
ad
x