अर्थ / बाणिज्य

सस्तो भयो एनसेलबाट फोन गर्दा लाग्‍ने शुल्क

इकागज |
माघ २९, २०७८ शनिबार १२:११ बजे

काठमाडौँ - एनसेलले नेपालमा गरिने कल शुल्क घटाएको छ । यसबाट एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा फोन गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक १.९९ रूपैयाँ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।

अब एनसेल प्रयोगकर्ताले नेपाल टेलिकम तथा स्मार्ट टेलिकमको मोबाइलमा प्रतिमिनेट एक रूपैयाँ ६२ पैसामा कुराकानी गर्न सक्नेछन् । प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।   यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू गरेको हो ।


नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *१७१०७# डायल गरि सेवा निःशुल्क सुचारु गर्नुपर्नेछ । नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट  भ्वाइस कल गर्न सजिलो र सहज बनाउने एनसेलले जनाएको छ । यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागू रहने एनसेलले जनाएको छ ।
 


Author

थप समाचार
x