अर्थ / बाणिज्य

कुमारी इक्‍विटी फण्डको आइपिओ भोलिबाट खुल्‍ने

इकागज |
फागुन १३, २०७७ बिहीबार १७:९ बजे

काठमाडौं : कुमारी इक्‍विटी फण्डको साधारण सेयर शुक्रबारबाट खुल्‍ने  भएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्‍चालन हुने यो फण्डको सेयर बिक्री खुल्ने भएको हो ।

फागुन १८ गतेसम्‍म आवेदन भर्न सकिने कुमारी क्यापिटलले जानकारी दिएको छ । प्रति ईकाइ १० रुपैयाँ निर्धारण गरिएको यसको ८ करोड ईकाइ साधारण सेयर जारी गर्न लागेको हो । १०० ईकाइ न्यूनतमदेखि ८ करोड ईकाइसम्म भर्न पाइने उल्लेख छ ।



Author

थप समाचार
x