अर्थ / बाणिज्य

नेप्सेको कारबाहीमा परेपछि सांग्रीलाको स्पष्टोक्ति – अबदेखि त्यसो गर्दैनौं

इकागज |
फागुन १७, २०७७ सोमबार १२:४८ बजे

काठमाडौं : नेपाल स्टक एक्‍सचेञ्‍ज (नेप्से) को कारबाहीमा परेको सांग्रीला डेभलपमेन्ट बैंकले स्पष्टीकरण दिएको छ । सांग्रीलाले 'अबका दिनमा नियमअनुसार सूचना पेश गर्ने' आशयसहितको स्पष्टीकरण नेप्सेमा बुझाएको हो ।   

उसले सञ्‍चालक समितिको निर्णय तुरुन्‍त पठाउने मनशायले पत्र पठाएको बताएको छ । स्पष्टीकरणसहितको पत्रमा भनिएको छ, 'सञ्चालक समितिको वैठक सकिनासाथ तुरुन्त गराउने मनसायका साथ १२:३४ बजे नै तहाँ कार्यालयमा पठाइएकोमा अवका दिनमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१)(घ) मा भएको व्यवस्था “धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोवार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णयहरु नेप्सेमा पेश गनुपर्ने र सूचीकृत संगठित संस्थाको वेबसाइट मार्फत समेत सार्वजनिक गर्नपर्ने” बमोजिम नै गरिने व्यहोरा तहाँको जानकारीका लागि अनुरोध छ ।'


नेप्सेले मुल्य प्रभावित हुनेगरी सूचना पठाएको भन्दै सांग्रीलाको सेयर कारोबारमा रोक्का राखेको थियो ।

सोमबार बैंकको बिहान १०:३० बजे बसेको २६०औं सञ्चालक समितिको बैठकबाट सेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ को सञ्‍चित मुनाफाबाट चुक्ता पूँजी  को ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३२ प्रतिशतले हुन आउने रकम ६८ लाख ५९ हजार ५ सय ५० नगद लाभांशसमेत गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नु होस् :
सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस दिने

सांग्रीलाको सेयर कारोबार रोक्‍का, कारोबारकै समयमा बोनस बाँड्ने सूचना चुहियो


Author

थप समाचार
x