अर्थ / बाणिज्य

जर्मनीबाट चीनका लागि निर्यात जनवरीमा १३.७ प्रतिशतले बढ्‍यो

जर्मनीबाट-चीनका-लागि-निर

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

बर्लिन- जर्मनीको चीन तर्फको निर्यात १३.७ प्रतिशतले बढेर जनवरीमा ९.७ अर्ब अमेरिकी डलर पुगेको संघीय तथ्याङ्क कार्यालयले शुक्रबार प्रकाशित एक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार जनवरीमा १३.१ बिलियन यूरो मूल्यका आयातित सामानहरू सहित चीन जर्मनीको सबैभन्दा ठूलो विदेशी व्यापार साझेदार बनेको छ । यससँगै जर्मनीबाट चीनका लागि भएको निर्यात १३.७ प्रतिशतले वृद्धि भएको हो ।

कार्यालयका अनुसार जर्मनीको कुल निर्यात २.८ प्रतिशतले घटेर जनवरीमा ११६.९ अर्ब यूरो पुगेको छ भने आयात अघिल्लो महिनाको तुलनामा ४.२ प्रतिशतले घटेर १०७.५ अर्ब युरो बराबर कायम भएको छ ।

जर्मन निर्यातका लागि संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो ग्राहक बजार बनेको छ । जनवरीमा १०.९ अर्ब यूरो मूल्यका सामानहरू अमेरिका पैठारी गरिएको थियो । यो गत महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि हो ।

युक्रेन द्वन्द्वका कारण अहिलेसम्म नरोकिएको रुसमा जर्मन निर्यात सन् २०२१ को डिसेम्बरदेखि १४.४ प्रतिशतले बढेर २.६ अर्ब युरो बराबर पुगेको छ ।

युरोपियन युनियन (इयु) बाट अन्य मुलुकले जनवरीमा ६१.४ अर्ब मूल्य बराबरको जर्मन सामान आयात गरेका थिए । यो अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले बढी हो । (सिन्ह्वा)



Author

थप समाचार
x