प्रमुख समाचार

सुन-चाँदीकै भाउ बढ्यो

89972

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:४ बजे

काठमाडौँ – सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तोलामा एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक हजार एक सयले बढेको हो । यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ प्रति तोला एक हजार ४२५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।



Author

थप समाचार
x