अर्थ / बाणिज्य

क्रोयसिया, पोल्याण्ड, हंगेरीलगायत देशकालागि व्यक्तिगत श्रम स्वीकृति पुनः सुरु

इकागज |
चैत २२, २०७८ मंगलबार १६:४२ बजे

काठमाडौं –  युरोपलगायत देशहरूकालागि सरकारले रोकेको व्यक्तिगत श्रम पुनः सुरु गरेको छ । श्रम स्वीकृति पुनः सुरु हुनेमा देशमा क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र वेलारुस छन् । 

व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने यी देशहरुमा धेरै नेपाली अलपत्र परेपछि ती देशहरुमा केही समयलाई व्यक्तिगत श्रम स्वीकृति स्थगन गरिएको थियो । व्यक्तिगत श्रम स्वीकृति लिई जाने प्रकृयालाई सम्बाेधन गर्दै थप व्यवस्थित गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज बैठक बसेको थियो । 


श्रम स्वीकृति लिने प्रकृयासम्वन्धी निर्देशिका–२०६९ को दफा ३ मा उल्लेख भएबमोजिम माग प्रमाणीकरणको प्रकृया अपनाउनुपर्ने राष्ट्रहरुमा हाल साउदी अरेविया, कतार, कुवेत र संयुक्त अवर इमिरेट्स रहेको थियो ।

अब व्यक्तिगत श्रम स्वीकृति लिइ जान पाउने देशमा क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र वेलारुस समेत थप भएका हुन् । यसरी श्रम स्वीकृती लिएर गएमा श्रमिकहरुलाई वैदेशिक रोजगारको नाममा हुने ठगी नियन्त्रण हुने मन्त्रालयले जनाएको छ ।  


Author

थप समाचार
x