अर्थ / बाणिज्य

नेपालगञ्जमा लकडाउनपछि चम्किएको ‘कलपत्रु’

एक अर्ब लगानीमा खुल्यो, भारतीय पर्यटक तान्ने मुख्य ध्येय !

इकागज |
चैत १२, २०७७ बिहीबार ९:२६ बजे

काठमाडौँ : भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्जमा सञ्चालनमा आएको कलपत्रु होटल लकडाउनपछि चम्किन थालेको छ । नेपाल घुम्न आउने पर्यटकलाई भारतीय पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको कलपत्रुमा नेपाली पर्यटकको आकर्षण पनि उत्तिकै छ । 

व्यवस्थित कोठा, सजि सजावट र पर्यटकका लागि राम्रो सेवा सुविधा भएको होटलमा आन्तरिक पर्यटक बढ्दै गएका होटलका महानिर्देशक अनिल झाले बताए । उनका अनुसार कलपत्रु भारतीय लड्स होटलको फ्रेन्चाइज हो ।


खासगरी मानसरोवर जाने पर्यटकलाई नेपालगञ्जमा बस्ने विशेष होटलका रुपमा परिचित गराउँदै कलपत्रुमा आन्तरिक पर्यटकको संख्या बढेको महानिर्देशक झाको भनाई छ ।

‘भारतीय पर्यटक नेपाल आउँछन् । तर उनीहरु राम्रोसँग बस्न नपाएको गुनासो गरिरहन्छन्’ झा भन्छन्, ‘यसपटक हामीले नेपाल आउने पर्यटकलाई निराश नबनाउने गरी होटल सञ्चालन गरेका हौँ ।’

नेपालमा पर्यटनको सम्भावना धेरै भएको र पर्यटकहरुले सेवा सुविधासहितको होटल खोजेका बेला पनि नेपालगञ्जमा होटल सञ्चालन गरेको उनको भनाई छ । कोभिड १९ को महामारीले होटल व्यवसाय ठप्प भएका बेला माघको अन्तिमतिर ‘टुर दी ठाकुरद्वारा’ अभियानले बाँके र बर्दियाको पर्यटन क्षेत्र उकासेको थियो ।

पर्यटन व्यवसाय र सरोकारवालालाई बाँके र बर्दियाका पर्यटकीय क्षेत्र घुमाउने सो अभियानका कारण अहिले नेपालगञ्ज र ठाकुरद्धाराका होटलमा पर्यटक भरिन थालेका छन् । 


Author

थप समाचार
x