फुटबल

अलमुताइरीले एसियन कप छनोटपछि नेपाली टिम छाड्ने

इकागज |
जेठ ७, २०७९ शनिवार १२:८ बजे

काठमाडौँ – प्रशिक्षक-खेलाडी विवाद छानविन कार्यदलले बुझाएको प्रतिवेदनमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकलाई एएफसी एसियन कप छनोट पछि हटाउनु पर्ने सुझाव दिएको छ । नेपालले खेल्ने छनोट प्रतियोगिता कुवेतमा जेठ २५ देखि ३१ गतेसम्म हुँदैछ । छनोट अघि नेपालले कतारमा अफगानिस्तानविरुद्ध जेठ ११ र १५ गते मैत्रीपूर्ण खेल खेल्दैछ ।

तर विवादमा घेरिएका प्रशिक्षक अलमुताइरीले भने एन्फाको निर्णय आउनु अघि नै नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको पद त्याग्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोतका अनुसार खेलाडी-प्रशिक्षक विवादमा एन्फाको निर्णय आउनु अघि नै अलमुताइरीले प्रशिक्षक पद त्याग्ने छन् ।


एसियन कप छनोटको बन्द प्रशिक्षण चलिरहदा प्रशिक्षक अलमुताइरीले आफूहरुलाई बन्द प्रशिक्षण छाड्न दवाव दिएको भन्दै १० खेलाडी प्रशिक्षणबाट बाहिरिएका थिए ।

सो विवाद छानविनका लागि पूर्व फुटबल खेलाडी भिक्टर राना र विदुर विष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापासम्मिलित कार्यदल गठन गरेको थियो ।

सोही कार्यदलले प्रशिक्षकलाई एएफसी एसियन कप छनोटपछि हटाउनुपर्ने सुझाव दिएको थियो ।


Author

थप समाचार
x