फुटबल

लाजियोसँग पराजित भएपनि युभेन्टस कोपा इटालियाको फाइनलमा

इकागज |
बैशाख १२, २०८१ बुधबार १०:५१ बजे

काठमाडौँ- युभेन्टस इटालियन कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो लेगमा मंगलबार राति लाजियोसँग २-१ गोलअन्तरको पराजय भोगेपनि समग्रमा ३-२ गोलको नतिजासँग युभेन्टस फाइनलमा प्रवेश गरेको हो ।


पहिलो लेग भने युभेन्टसले २-० ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो लेगमा लाजियोका लागि दुवै गोल भालेनटिन कास्टेलानोसले गरे भने युभेन्टसका लागि अर्काडिउज मिलिकले एक गोल फर्काए ।


Author

थप समाचार
x