फुटबल

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण फुटबल नहुने

इकागज |
जेठ ८, २०७९ आइतबार १६:३६ बजे

काठमाडौँ – नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई मैत्रीपूर्ण फुटबल खेल नहुने भएको छ । एएफसी एसियन कपको तेस्रो चरणको छनोट अघि नेपाल र अफगानिस्तानबीच कतारमा जेठ ११ र १५ मा दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको थियो ।

तर दुबै खेल नहुने अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बताए । 'तर हामी मैत्रीपूर्ण खेलका लागि अन्य देशसँग प्रयास हुँदैछ चाडै टुंगो लाग्छ,' तुलाधरले जनाए ।


नेपालले जेठ २५ देखि ३१ सम्म कुवेतमा हुने छनोट प्रतियोगितामा सहभागिता जनाउदैछ । त्यसअघि तयारीका लागि नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल्ने तय भएको थियो  । तर छनोट अघि नेपाल तयारीका लागि कतार जाने तुलाधरले बताए ।

छनोट अन्तर्गत समूह 'ए' मा रहेको नेपालले कुवेतमा छनोट खेल्नेछ । उक्त समूहमा आयोजक कुवेत, नेपाल, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालले पहिलो खेल जोर्डनविरुद्ध जेठ २५, दोस्रो खेल कुवेतविरुद्ध जेठ २८ र तेस्रो खेल इन्डोनेसियाविरुद्ध जेठ ३१ मा खेल्ने छ ।


Author

थप समाचार
x