फुटबल

लिभरपुलले फुलह्यामका फावियोलाई भित्र्याउँदै

इकागज |
जेठ १०, २०७९ मंगलबार १२:२९ बजे

काठमाडौँ – इंग्लीस प्रिमियर लिग क्लब लिभरपुलले फुलह्यामका विंगर फावियो कारभाल्होलाई भित्र्याउने भएको छ । १९ वर्षीय फरवार्ड फावियोसँगको सम्झौता जुलाई १ मा टुंगिने लिभरपुलले जनाएको छ । फावियो सन् २०२७ सम्म लिभरपुलमा रहने तथा उनी लिभरपुलको एसिया भ्रमण अघि नै क्लबमा आउने बताइएको छ । 

सन् २०२१-२२ को सिजनमा फुलह्यामलाई प्रिमियर लिगमा पुन फर्काउन फावियोले मुख्य भूमिका निर्वाह गरेका थिए । उनले ३६ खेलमा १० गोल गरेका थिए भने ८ गोलका लागि सहयोग गरेका थिए । फुलह्यामले च्याम्पियनशीपको उपाधि जितेको थियो । 


पोर्चुगलको लिसबोनमा जन्मिएका फावियोले गत मार्चमा पोर्चुगलका लागि यू-२१ टिममा डेब्यु गरेका थिए । उनले उमेर समूहमा इंग्ल्यान्डका लागि समेत खेलिसकेका छन् ।
 


Author

थप समाचार
x