फुटबल

फ्रान्स-अष्ट्रिया बराबरीमा रोकियो

इकागज |
जेठ २८, २०७९ शनिबार ६:२५ बजे

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स  १–१ को बराबरीमा रोकिएको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे । 

यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए । यता, अष्ट्रियाको भने प्रतियोगितामा पहिलो हार हो । 



Author

थप समाचार
x