फुटबल

बार्सिलोना पहिलो खेलमै रोकियो

इकागज |
साउन २९, २०७९ ७:२० बजे

काठमाडौं - स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ । 

घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाएपनी अग्रपंक्तिमा भने चुस्त देखिएन ।


भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरेपनी गोल भने हुन सकेन ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे । यद्यपि, गोल बिहिन रहे । 

खेलको इजुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए । 



Author

थप समाचार
ad
x