फुटबल

व्यवहारले टिममा असर गरेको भन्दै रोनाल्डोलाई क्लब छाड्न दिइने

इकागज |
साउन ३१, २०७९ मंगलबार १४:५३ बजे

काठमाडौँ- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको व्यवहारका कारण टिममा असर परेको भन्दै इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई क्लब छाड्न दिने सम्भावना बढेको छ ।

मुख्य प्रशिक्षक एरिक टेन हागले सार्वजनिक रुपमा रोनाल्डो बिक्रीमा नरहेको बताएपनि जारी ‘ट्रान्फर विन्डो’ भित्रै रोनाल्डोलाई युनाइटेडले क्लब छाड्न दिने सम्भावना रहेको बीबीसीले जनाएको छ ।


प्रि-सिजन टूरका लागि थाइल्यान्ड र अष्ट्रेलिया पुगेको युनाइटेडको टिम उत्साहित भएपनि त्यो उत्साह लामो समय टिक्न सकेन ।

यता युभेन्टसबाट करिब १२ महिना अघि युनाइटेड आएका रोनाल्डोको क्लबसँग एक वर्षको सम्झौता बाँकी रहेपनि उनी क्लब छाड्न आतुर छन् । अर्कोतर्फ इंग्लिस प्रिमियर लिग अन्तर्गत युनाइटेडले ब्राइटन तथा ब्रेन्फोर्डविरुद्धको खेलमा पराजय भोगेपछि त्यसमा रोनाल्डोको प्रभाव रहेको विश्लेषण गरिएको छ ।

रोनाल्डोको उपस्थितिलाई क्लबमा नकरात्मक रुपमा लिइएको छ । उनले टिमका सदस्यहरुसँग कुराकानी नगरेको बताइन्छ ।


Author

थप समाचार
x