फुटबल

ए डिभिजन लिग

चर्चब्वाइजलाई शीर्ष स्थानमा पुग्न आर्मी बन्यो बाधक

इकागज |
बैशाख ३०, २०८० शनिबार १७:४० बजे

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसँग पराजित भएपछि चर्च ब्वाइज शीर्ष स्थानमा पुग्न असफल रह्यो । खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।

त्यस्तै मछिन्द्र क्लवले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । शनिबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए । जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ । 
 



Author

थप समाचार
x