फुटबल

बालोन डी’ओर विजेता बेन्जेमा साउदी क्लबमा

इकागज |
जेठ २४, २०८० बुधबार १०:० बजे

काठमाडौँ- बालोन डी’ओर विजेता करिम बेन्जेमा साउदी अरेवियन क्लब अल-इतिहादबाट खेल्ने सुनिश्चित भएको छ । स्पेनिस क्लब रियल मड्रिड छाडेपछि बेन्जेमाले साउदी अरेवियन प्रो लिग विजेता अल-इतिहादसँग ३ वर्षको सम्झौता गरेका बीबीसीले जनाएको छ ।

३५ वर्षीय फ्रेन्च स्ट्राइकर बेन्जेमाले समग्रमा २५ उपाधि जितेका छन् । उनले मड्रिडका लागि पाँचवटा च्याम्पियन्स लिग तथा चारवटा स्पेनिस ला लिगाको उपाधि जितेका छन् ।


१४ वर्ष मड्रिडबाट खेलेका बेन्जेमाले स्पेनिस क्लबका लागि ३ सय ५४ गोद्य गरेका छन् । रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा बेन्जेमा पर्छन् ।

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ४ सय ५० गोल गरेका छन् । रोनाल्डो अहिले साउदी अरेवियाकै अल-नासर क्लबबाट खेलिरहेका छन् ।

साउदीको प्रो लिग उत्कृष्ट रहेको तथा राम्रा खेलाडीहरु पनि रहेको बताउँदै बेन्जेमाले युरोपजस्तै साउदीमा पनि उपाधि जित्ने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x