फुटबल

१० खेल बाँकी छँदा एन्फाले पायो ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रायोजक

इकागज |
जेठ २४, २०८० बुधबार १५:३ बजे

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको अन्तिम १० खेल बाँकी छँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रायोजक पाएको छ ।

कतार एयरवेजले जारी सिजन तथा आगामी सिजनका लागि पनि ‘ए’ डिभिजन लिगका लागि एन्फासँग सम्झौता गरेको हो ।


एन्फाका प्रवक्ता सुरेश शाहले जारी सिजनको लिगका लागि कतार एयरवेजले ५० हजार अमेरिकी डलरको प्रयोजन गरेको बताए । उनका अनुसार आगामी सिजनका लागि भने कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।

‘हामीले सुरुवातबाटै १ लाख ५० हजार डलरको सम्झौताका लागि प्रयास गरेका थियौँ तर उनीहरुको कानूनी प्रकृयाका कारण त्यो सम्भव भएन । तर अन्तिम समयमा जति आयो त्यति लिने भनेर निर्णय गरेका हौँ,’ प्रवक्ता शाहले बताए ।

उनले जारी सिजनको लिगका लागि १२ करोड अनुमानित बजेट रहेको छ र मुख्य प्रायोजकबाट आएको रकम लिगमै खर्च हुुने बताए ।

जारी सिजनको लिग भने एक खेलअगावै चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले जितिसकेको छ ।


Author

थप समाचार
x