फुटबल

रियल म्याड्रिड शीर्ष स्थानमा

इकागज |
माघ १४, २०८० आइतबार ९:५३ बजे

काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लस पलमासलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले लस पलमासलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।


रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक एक गोल गरेका थिए। त्यस्तै लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ ।

रियल म्याड्रिड हाल गिरोनाभन्दा स्पष्ट २ अंकले अगाडि रहेको छ । त्यस्तै लस पलमासको २२ खेलमा ३१ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।
       


Author

थप समाचार
x