फुटबल

ला लिगाः बार्सिलोना र एटलेटिको मड्रिडको जित

इकागज |
फागुन ६, २०८० आइतबार १२:३६ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना र एटलेटिको मड्रिडले जित हात पारेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।


बार्सिलोनाको जितमा दुवै गोल रोबर्टो लेवान्डोस्कीले गरे । सेल्टा भिगोका लागि इयागो असपासले एक गोल फर्काए ।

जितसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाले २५ खेलबाट ५४ अंक जोडेको छ । सेल्टा भिगो भने २० अंकसहित १७ औँ स्थानमा छ ।

यता चौँथो स्थानको एटलेटिको मड्रिडले लास पाल्मसलाई ५-० गोलअन्तरले पाखा लगायो । एटलेटिको मड्रिडका लागि मार्कोस ललोरेन्ट र एन्जेल कोरियाले २-२ गोल तथा मेम्फिस डिपेले एक गोल गरे ।

जितसँगै एटलेटिको मड्रिडले २५ खेलबाट ५१ अंक जोडेको छ । लास पाल्मस भने ३५ अंकसहित नवौँ स्थानमा छ ।


Author

थप समाचार
x