फुटबल

एमबाप्पेले रियल मड्रिडसँग गरे पाँच वर्षको सम्झौता

इकागज |
फागुन ८, २०८० मंगलबार १४:४५ बजे

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड कायलियन एमबाप्पेले स्पेनिस क्लब रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

यूरोस्पोर्ट्सले दाबी गरेअनुसार एमबाप्पेले स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका हुन् ।


स्पेनिस पत्रिका मार्काले पनि एमबाप्पेले रियल मड्रिडसँग सन् २०२९ सम्मका लागि सम्झौता गरेको उल्लेख गरेको छ ।

एमबाप्पे र रियल मड्रिडबीच १२ देखि १७ मिलियन पाउन्डमा सम्झौता भएको दाबी गरिएको छ ।


Author

थप समाचार
x