फुटबल

कोपा अमेरिका फाइनल

उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्दै

इकागज |
असार २७, २०७८ आइतबार ५:२० बजे

काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्दैछन् । खेल बिहान पौने ६ बजेदेखि सुरु हुनेछ । रियो दी जेनेरियो रंगशालामा सुरु हुने खेल रोचक र विश्वकप फाइनलसरह हुने फुटबल समर्थकको अनुमान छ ।

नेपालसहित विश्वभर ब्राजिल र अर्जेन्टिनाका समर्थक छन् । त्यसमाथि वर्तमान फुटबलका दुई सुपरस्टार नेयमार र मेस्सीको भिडन्तका रुपमा पनि यो फाइनल खेललाई हेरिएको छ । ब्राजिल पेरुलाई हराउँदै फाइनल पुगेको हो भने अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा हराउँदै ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो ।



Author

थप समाचार
x